Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिपको दुई हप्ता अघि नै भुटानी टिम नेपालमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।

२१ भदौदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको हो ।

आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो । बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे ।

सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077