Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मिर्गौला, क्यान्सर र मेरुदण्डका पक्षघात भएका बिरामीलाई उपचार खर्च दिने योजनामा काठमाडौँ महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको छ।

महानगरले सरकारले तोकेको औषधि, उपचार खर्च दिनका लागि महानगरले सूचना जारी गरी यस्ता बिरामीको विवरण माग गरेको हो।

महानगरको साउन ३१ गते भएको निर्णयअनुसार विवरण माग गरिएको हो। महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा, सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएकाले मात्रै उक्त रकम पाउनेछन्।

आर्थिक वर्ष २०७८ ०७९ को बजेटमा मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार औषधि खर्च दिने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077