Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा निर्धारण

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको हो । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ ।

पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ ।

त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको छ ।

पार्टीका ५२ हजार ५५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने, प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेण्डा रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077