Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वराजा महेन्द्रका ज्वाँइविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । स्वर्गिय राजा महेन्द्र शाहका छोरीज्वाँइ कुमार विक्रम शाहसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

२९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै महेन्द्री छोरी शारदाका श्रीमान् शाहसहित ३१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगालले बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार कुमार खड्गविक्रम शाहले गुठी संस्थान तथा मालपोतका कर्मचारीलाई प्रभावमा पारेर रत्नसागर मन्दिरको ८ बिघा १० कठ्ठा १२ धुर सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।

धनुषाको पीडारी चोकस्थित रन्तसागर मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा पास गरेर भ्रष्टाचार गरको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा ल्याएर २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपौयँ भ्रष्टाचार गरको बताउँदै सो बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।

यस्तो छ अख्तियारको आरोपपत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077