Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनेटरी प्याडमा कर छुटको नाम लिएर महिलालाई प्रयोग गरियो : कुन्ती पोख्रेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले सेनेटरी प्याडमा कर छुट गराउने नाममा महिलाहरूलाई प्रयोग गरिएको जिकिर गरेकी छन् ।

बिहीबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कागेश्वरी मनोहरा नगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्याडमा कर छुट गराउने नाममा महिलाहरूलाई आन्दोलनमा उतारिएको तर त्यसको फाइदा महिलाहरूलाई नभएर व्यवसायीलाई मात्रै भएको उनको भनाई छ । उनले नेपालमै उत्पादन गर्न सके नेपालीले रोजगारी पाउने अवस्था आउने बताइन् ।

उनले अब आउने चुनावमा त्यस्तो प्रवृत्ति देखाउने नेतृत्वलाई पराजित गराउनुपर्ने बताएकी छन् । बिहीबार भएको पार्टी उक्त अधिवेशनबाट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कागेश्वरी मनोहराको अध्यक्षमा भवानी पुडासैनी सर्वसम्मत चयन भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077