Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव चिन्ह ‘गाई’ नदिएपछि अध्यक्ष थापाको आक्रोश - आयोगको स्वेच्छारीता विरुद्ध अदालत जान्छौं

काठमाडौं । निर्वाचन आयोगविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल अदालत जाने भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज ट्विटरमार्फत यस्तो बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।

‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ ।

आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौँ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077