Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ : अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने , ‘नागरिकता विधेयक प्रक्रियागत रुपमा नै टुंगिन्छ र राष्ट्रपति ज्यूले प्रमाणीकरण गर्नुहुन्छ ।’

राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट छिन् । राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको भएपनि त्यो अस्वभाविक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077