Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल छैन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको बताएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले​ एक, दुई दिनमा नै बाँडफाँडबारे सहमति हुने प्रचण्डको दाबी छ ।

प्रचण्ड आज प्रदेश १ समन्वय केन्द्रको बैठकमा उपस्थित हुनेछन् । कार्यक्रममा सहभागी हुन वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव राम कार्की लगायतका नेताहरु विराटनगर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077