Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक : अन्तर्घात छानविन प्रतिवेदनदेखि उम्मेदवार छनोटको मापदण्ड तय गर्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक शुक्रबारबाट सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।

मंसिरमा हुने निर्वाचन केन्द्रीत बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

ओलीको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्दै सोही अनुसार एमाले निर्वाचनमा होमिनेछ । साथै बैठकमा थपिएका चार जना केन्द्रीय सदस्यहरूको शपथ र कार्यविभाजन समेत गर्ने प्रस्ताव तय भएको छ ।

त्यसैगरी उम्मेदवारको छनोटको मापदण्ड र स्थानीय निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न बनेको कमिटीले प्रतिवेदनमा छलफल हुनेछ । बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा हुने निर्वाचन देश र जनताको पक्षमा परिणाम आउनेगरी हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077