Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जतिसुकै घेराबन्दी भएपनि एमालेले चुनाव हार्न मिल्दैन : अध्यक्ष ओली

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव हार्न नमिल्ने बताएका छन्।

शुक्रबार एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताएका हुन्।

ओलीले भने, ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ। जनताको समर्थनबाट जित्नैपर्छ। एमालेले चुनाव हार्न मिल्दैन।’ इतिहासका निर्माता जनता हुन् भनेर बुझ्नुपर्ने ओलीको भनाई छ।

दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिएका छन्। केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ११ वटा एजेन्डा प्रस्तुत भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077