Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नागरिकता विधेयकबारेमा यस्तो छ एमालेको धारणा

काठमाडौं । नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयकका बारेमा आफ्नो आधिकारिक दृष्टिकोण केन्द्रीय कमिटी बैठकमा पेस गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बैठकमा पेस गरेको प्रतिवेदनमा नागरिकता ऐन संशोधनमात्र पर्याप्त नहुने उल्लेख गरेका छन् ।

उनले संसदबाट नयाँ ऐन निर्माण गर्नुपर्ने खाँचो औंल्याएका छन् । जन्मका आधारमा नागरिकता पाएका या जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनुपर्ने, गैरआवासीय नेपालीहरूलाई संविधानको भावना बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गरिनुपर्ने,

वैवाहिक अङ्गीकृतहरूका हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यस अवधिसम्म निजलाई बसोबासका लागि परिचय–पत्र वितरण गर्ने र व्यवसायलगायत कामका लागि सहज तुल्याइनुपर्ने एमालेको धारणा छ ।

यस्तै, लैंगिक समानता, आमाको आत्मसम्मान, आमाको नाममा नागरिकता पाउने संवैधानिक प्रबन्ध कार्यान्वयन, प्रादेशिक र लैङ्गिक पहिचानलगायत प्रश्नमा राष्ट्रपतिबाट उठाइएका गम्भीर प्रश्नमा गहन छलफल हुनुपर्छ र सहमति निर्माण गरिनुपर्ने एमालेको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077