Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

निर्वाचनलाई मध्यनजर गर्दै गठबन्धनको प्राथमिकता सिट बाँडफाँट हो : प्रचण्ड

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै संख्या बाँडफाँटलाई मुख्य बनाएर काम भइरहेको बताएका छन्।

धरानमा आयोजित प्रदेश नम्बर १ को पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुसँगको संयुक्त बैठकमा प्रशिक्षण दिँदै प्रचण्डले गठबन्धनमा संख्या बाँडफाँटलाई मुख्य बनाएर काम भैरहेको र केही दिनमै टुगिंने बताएका हुन्।

उनले भने, 'एउटा बडो क्रान्तिकारी कुरा गर्ने तर दक्षिणपन्थीसँग आत्मसमर्पण गर्न जाने, अर्को यी सबै हिँडिदिएपछि एक्लै मनपरि गर्न पाइन्थ्यो भन्ने संक्रिणतावादी प्रवृत्ति पार्टीमा देखा परेका छन। यी प्रवृतिका विरुद्ध हामी लगातार लँडिरहेका छौं।' पार्टीमा दुई अतिवादी प्रवृति देखा परेको उनले बताए।

पार्टीभित्र जे जस्तो भएपनि आउने संघ र प्रदेशको निर्वाचनमा पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई जिताई छाड्ने संकल्प गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077