Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुहारीले सासुलाई कुटेको घटना बाहिर ल्याउने बालक सम्मानित

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले बुधबार वृद्धामाथि कुटपिट हुँदै गरेको भिडियो सार्वजनिक गर्ने बालकलाई सम्मान गरेको छ।

प्रहरीले घरभित्र भएको हिंसालाई बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण सहयोग गरेको भन्दै ११ वर्षीय दिपेन्द्र न्यौपानेलाई सम्मान गरेको हो।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले कदर स्वरूप सम्मान दिपेन्द्रलाई सम्मान गरेका हुन्। बुधबार पञ्चदेवल बिनायक नगरपालिका-६ तोलीका ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।

जैसराकी आफ्नै बुहारी र देवरानीले लछारपछार गरी शारीरिक तथा मानसिक रूपमा अपमानजनक र अमानवीय व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यो घटना प्रत्यक्ष देखिरहेका दिपेन्द्रले भिडियो खिचेका थिए। दिपेन्द्र पीडित वृद्धाको भतिज हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077