Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सीट बाँडफाँटबारे प्रचण्ड भन्छन् - जसले जहाँ जितेको हो, त्यहाँ पहिलो हक उसकै

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा केही दिनमै भागबण्डा टुंगिने बताएका छन् । धरानमा प्रदेश १ का पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूसँगको संयुक्त बैठकमा प्रचण्डले बोल्दै यस्तो बताएका हुन् ।

सबै निर्वाचन क्षेत्रको दलगत अवस्था बुझ्ने काम भइरहेको उनले बताए । सीट बाँडफाँटको क्रममा यसअघि जहाँ जसले जितेको छ त्यो ठाउँ पहिलो हक हुने उनको जिकिर छ।

उनले स्थानीय चुनावमा कतिपय ठाउँमा आफूलाई मन नपरेको उम्मेदवार हराइएकाले अब सचेत हुनुपर्ने बताए । पार्टीभित्र जे जस्तो भएपनि आउने संघ र प्रदेशको निर्वाचनमा पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई जिताई छाड्ने संकल्प गर्न जरुरी छ ।

स्थानीय निर्वाचनको टिकट वितरणमा केही ठाउँमा मनोमानी भएको बताउँदै प्रचण्डले अब संस्थागतरूपमै उम्मेदवार छनौट गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077