Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय समिति बैठक : ओलीको प्रतिवेदनमाथि नौ समूहमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ ।

एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेश गरेको र त्यसमा समूह विभाजनमार्फत शनिबारको बैठकमा छलफल हुने भएको हो ।

पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ ।

त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवेदन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077