Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राणाविरुद्ध प्रमाण पेस गर्न नेपाल बारको बैठक सुरु

काठमाडौं । महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध प्रमाण पेस गर्नका लागि संसदीय छानबिन समितिले माग गरेपछि नेपाल बार एशोसियसनले बैठक सरु भएको छ।

प्रतिनिधि सभामा दर्ता भएको महाभियोगका लागि प्रमाण पठाउनेबारे छलफल गर्न शुक्रबार नेपाल बार एशोसियसन र सर्वोच्च बार एशोसियनको संयुक्त बैठक बसेको हो। नेपाल बारका अध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष, सचिवलगायत अन्य पदाधिकारीहरु बैठकमा सहभागी रहेका छन्।

सर्वोच्च बारका सदस्य विकास भट्टराईका अनुसार सर्वोच्च बारको भवनमा बैठक चलिरहेको छ।

संसद्को छानबिन समितिले राणाविरुद्धका प्रमाणहरु पेस गर्न ३ दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077