Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपिलवस्तुमा गोली हानेर एक जनाको हत्या

बुटवल । कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या गरेको छ।

हत्या हुनेमा मायादेवी गाँउपालिका-६ मदरहवाका ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासी रहेको प्रहरीले जनाएको छ।

पासीलाई मायादेवी गाँउपालिका-५ को एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। अज्ञात समूहले पासीको बायाँ तिघ्रामा गोली हानेको छ । पासीको शव कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमर्टमका लागि राखिएको छ।

गोली हान्ने व्यक्ति फरार रहकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077