Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कांग्रेसको निर्देशन - भदौ ३० भित्र प्रदेशले केन्द्रलाई उम्मेद्वार सिफारिस गर्नू

काठमाडौं । नेपाली कांग्रेसले भदौ २० गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा बुँदा नम्बर एकमा उल्लेख भएबमोजिम प्रक्रिया पुर्याइ बैठक बसी आफ्नो राय समेत उल्लेख गरी जिल्ला कार्यसमितिले भदौ १८ भित्र उम्मेद्वारको नाम प्रदेश कार्यसमितिमा पठाउन निर्देशन दिएको हो ।

यस्तै पार्टीले प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो राय उल्लेख गरी भदौ २० भित्र केन्द्रमा पठाइसक्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077