Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता विश्वकर्माको टिप्पणी - बालेनले अराजक गतिविधिलाई बढावा दिए

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिएको बताएका छन् ।

महानगरका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077