Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भाग पुर्‍याउन माओवादीले कर्णाली प्रदेशमा फिर्ता बोलायो मन्त्री

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ ।

हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर माओवादीले रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई पठाउन लागेको छ ।

माओवादी केन्द्रको संसदीय दलको साउन २६ गतेको बैठकले हालका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरे पनि त्यसको औपचारिक जानकारी सरकारलाई बिहीबार मात्रै दिएको थियो ।

गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै बाँकी रहेका दुई मन्त्रीलाई पनि फिर्ता बोलाउने चर्चा चलेको थियो ।

माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी सुर्खेतबाट निर्वाचित सांसद विष्ट र जाजरकोटबाट निर्वाचित सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा साबिककैै निर्वाचन क्षेत्रबाट टिकट पाउने निश्चित नहुँदासम्म राजीनामा नदिने अडान लिएका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077