Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामा सिंगापुर हिँडेका पाँच जनाको उडान अनुमति अस्वीकार

काठमाडौं । भिजिट भिसामा सिंगापुर हिँडेका पाँच जनालाई अध्यागमन कार्यालयले उडान अनुमति दिन अस्वीकार गरेको छ ।

उनीहरुको यात्रा 'शंकास्पद्' रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार उनीहरुलाई 'अफलोड' गरेको हो ।

अध्यागमनका एक कर्मचारीका अनुसार अफलोड हुनेमा थाइल्यान्ड हुँदै सिंगापुर हिँडेका पाल्पाका मनिष बहादुर लामिछाने, झापाका जनक अधिकारी र कृष्ण चौधरी, रुपन्देहीका चन्द्रबहादुर बगाले र गुल्मीका इन्द्रबहादुर बिस्ट रहेका छन् ।

भिजिट भिसामा सिंगापुर हिँडेका उनीहरुले भ्रमणको उद्देश्य स्पष्ट पार्न नसकेको अध्यागमनका कर्मचारीहरुले बताएका छन् । शुक्रबार मात्रै छ जना भुटानीलाई 'डीपोर्ट' गरिएको थियो । ट्राभल डकुमेन्टमा नेपाल आएका उनीहरुलाई अध्यागमन कार्यालयले थिम्पु नै पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077