Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटीको बैठक : ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव दिन सुरु

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। आजको बैठकमा ९ वटा समूहकातर्फबाट राजनीतिक प्रतिवेदनमाथि सुझावहरू राख्ने क्रम सुरु भएको हो ।

शुक्रबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डको बारेमा छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको थियो।

शुक्रबार अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको तर्फबाट प्रतिवेदन पेस गरिएको हो।विपक्षी दल एमालेले ‘भागबन्डा नमिले सत्ता गठबन्धन कुनै पनि बेला भत्किने’र नयाँ गठबन्धन बन्ने निष्कर्ष निकालेको छ।

अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटीमा शुक्रबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक धरालतबिना बनेकाले गठबन्धन भत्किने अनुमान गरिएको छ।  बहुमतका लागि करिब १६ प्रतिशत मत अपुग रहेको भन्दै ओलीले यसलाई वृद्धि गर्न ठोस योजना साथ अगाडि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।

१९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले गठबन्धन सरकारलाई ‘दलाल र पुँजीवादको संरक्षक र सेवक’ भनी परिभाषित गरेका छन्। गठबन्धन सरकार बनेको १३ महिनामा एकपछि अर्को संकट थपिँदै गएको एमालेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077