Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : पोख्रेल

अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् ।

प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍.पोखरेलले यस्तो बताएका हुन् ।

प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा.पोखरेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए ।

केपी शर्मा ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णतः असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पोखरेलले गठबन्धनभित्रको सिट बाँडफाँट १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोखरेलले प्युठानमा गठबन्धनबाट आफू साझा उम्मेदवार बन्ने सम्भावनामाथि पनि सङ्केत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077