कैलाली । लागुऔषधसहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका ६ प्रेमनगरमा भारतबाट नेपाल तर्फ आउँदै गरेको से ३ प५६६६ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोक बस्ने ३२ वर्षीय हरीश खड्का र धनगढी ८ बस्ने २७ वर्षीय बिवेक बराल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले २ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
चेकजाँच गर्दा उनीहरुको साथबाट २.७८ ग्राम खैरो हेरोईन फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।