Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेता भण्डारी भन्छन् - वर्तमान राजनीति अहिलेका नेताबाट चल्दैन, कांग्रेसमा नयाँ नेतृत्वको खाँचो छ

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताएका हुन् ।

नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरु नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए । अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ।

नेता भण्डारीले नेपालको राजनीतिमा केही न केही विकृतिहरु प्रवेश गरिरहेको बताउँदै वर्तमान नेपालको राजनीति अहिलेका नेताबाट चल्न नसक्ने उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077