Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

तीज कार्यक्रममा ओलीले बजाए गिटार र हार्मोनियम, कम्मर मर्काउँदै नाचे छमछमी [फोटोफिचर]

काठमाडौं । तीज आउनु दुई दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ बानेश्वरको एभरेष्ट होटलमा सांगीतिक कार्यक्रम गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागीहरुलाई बोलाएर ओलीले तीज विशेष कार्यक्रम गरेका हुन् ।

ओलीले हार्मोनियम बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए। सँगै बसेका सुवासचन्द्र नेम्वाङले गितार बजाउन नजानेजस्तो गरेपछि ओली आफैँले गितार पनि बजाएका थिए। कार्यक्रममा अध्यक्ष ओलीसहितका नेता छमछमी नाचेका थिए ।

ओलीले यसअघि प्रधानमन्त्री हुँदा बालुवाटारमा सारङ्गी र बाँसुरी बजाएर पार्टीभित्रको एकता खोजेका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077