Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ । काठमाडौंसहित हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077