Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चलचित्र ‘महापुरुष’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक भएको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो ।

नवराज पराजुलीको शब्द रहेको गीतले बाबु र छोराबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ । गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।

गीतको भिडियोमा हरिवंशका साथै रविन्द्र सिँह बानियाँ र अरुण क्षेत्री फिचर्ड छन् । हरिवंश र अरुण बुवाछोराको भूमिकामा छन् ।

सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।

कात्तिक ११ देखि प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश आचार्य, रविन्द्र सिँह बानिया, अरुण क्षेत्री, गौरी मल्ल, राजाराम पौडेललगायतको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077