Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भदौ ३१ गतेदेखि जजिरा एयरवेजले भैरहवा-कुबेत दैनिक उडान गर्ने

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतका लागि दैनिक उडान गर्ने भएको छ।

एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन उडान गर्न लागेको हो।

हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। जजिराको जहाज एक सय ७४ यात्रु क्षमता भएको हो।

अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077