Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि सडकमा मोटरसाइकल पार्किङ, अन्डरग्राउन्ड रित्तै

काठमाडौँ । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाइकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा मम: स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ ।

यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् ।

ललितपुर महानगरपालिकाले यसबारे अहिले पनि चासो देखाएका छैनन् । ग्राहकरूको सवारीले सडक जाम हुने गरेको छ ।

भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पुर्‍याउनु मापदण्ड विपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077