Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पालो पुर्‍याउन कर्णालीका दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्रीको शपथ भोलि

सुर्खेत । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले आज नै नियुक्त गर्ने माओवादी स्रोतको दाबी छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नयाँ नियुक्त भएका दुई मन्त्रीको शपथ भने आज नभएर सोमबार बिहानसम्म हुने भएको छ। माओवादी स्रोतकाअनुसार सांसद रातो कामी गृह जिल्ला भएकाले वीरेन्द्रनगर फर्किन समय लाग्ने यदि वीरेन्द्रनगर समयमै पुगेपछि आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण हुने र ढिलो भएमा सोमबार बिहान ११ बजे हुनेछ ।

कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्‍याउन मन्त्री बनाउन हो। दुई प्रदेशसभा सदस्यले माओवादी पार्टीबाट राजीनामा दिएपछि हाल कर्णाली प्रदेशसभामा माओवादीका ११ सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077