Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादीलाई संसदको दोस्रो शक्ति हुन कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् ।

बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

काँग्रेस सहितको गठबन्धन बनाएर गएमा माओवादी संसदको दोस्रो शक्ति हुन कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077