Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बन्दका कार्यक्रम स्थगित गरी वार्तामा आउन विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । आफ्नो सेवासुविधाका विभिन्न मागहरु राखेर देशभरका सामुदायिक विद्यालय बन्द गराएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।

मन्त्रालयको तर्फबाट उपसचिव विदुरराज गिरीले आइतबार अपरान्ह पत्र लेखेर आन्दोलनरत कर्मचारीको विषयमा ध्यानाकर्षण भएको जनाउँदै वार्तामा बोलाइएको हो ।

पत्रमा परिषदले यसअघि दिएको ज्ञापनपत्रमा उठाएका मागहरुको विषयमा नेपाल शिक्षक महासंघमार्फत छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएका विद्यालय बन्दका सबै कार्यक्रमहरु स्थगित गरी दैनिक पठनपाठन सहज बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077