Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

रुकुम पश्चिम । पहिरोमा पुरिएर आइतवार रुकुम पश्चिममा आमा छोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएकी एक बालिकाको भने उद्धार गरिएको छ ।

आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा जाजरकोटको भेरी नगरपालिका १ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोमा सँगै परेकी प्रतिक्षाकी दिदी १२ वर्षीया तिर्सनाको भने उद्धार गरिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका १ माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्ने क्रममा पहिरोले भवन पुरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077