Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आणविक ऊर्जा केन्द्रनजिक रुसद्धारा व्यापक गोलाबारी

एजेन्सी । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेकोस्थल नजिकका शहरमा रूसले व्यापक गोलाबारी गरेको छ । निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

आणविक ऊर्जा केन्द्र आसपासमा भएको आक्रमणबाट केन्द्रमा क्षति हुनसक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ।

रूसी सेनाले युद्ध सुरु हुनेवित्तिकै जापोरिज्जिया आणविक ऊर्जा केन्द्रलाई नियन्त्रण लिएर नदी किनाराको क्षेत्र कब्जामा लिएको थियो ।

युक्रेनले निकोपोल र मार्हानेट्स शहरसहितका क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ। ती स्थान ऊर्जा केन्द्रबाट करिब १० किलोमिटर टाढा छन् ।

शनिबार राति भएको भारी गोलीबारीले निकोपोलका केही भाग बिजुलीविहीन भएका निप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले बताएका छन् ।

करिब ४५ हजार सर्वसाधारणको बसोबास रहेको उक्त क्षेत्रका प्रशासन प्रमुख येभेन येभतुसेन्कोका अनुसार रकेट आक्रमणले मार्हानेतका एक दर्जन घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077