काठमाडौं । एसिया कप २०२२ क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनायो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
यतमफ इफ्तिखर अहमेदले २२ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे। यता, शाहानवाज दाहानीले १६ रन बनाए ।
कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए। हरिस राउफ १३ रन बनाए अविजित रहे ।
भारतका भुवनेश्वर कुमारले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यता, हार्दिक पाण्ड्यले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए।