Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सचिवहरू नै मान्दैनन् अख्तियारको निर्देशन, पत्र लेख्दै अख्तियार

काठमाडौं । सुशासन कायम गर्न, विकास निर्माणमा ध्यान दिन र सार्वजनिक खरिदलाई पारदर्शी बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनलाई सबैजसो मन्त्रालयका सचिव र विभागका महानिर्देशकले बेवास्ता गरेका छन् ।

अख्तियारले गत दुई साताअघि मात्रै सरकारका सबै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशक एवं विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर कुनैखाले भ्रष्टाचारमा सहभागी नहुन, मातहतलाई पनि सुशासनयुक्त राख्न, परिणाम निस्कने गरी काम गर्न, विकास निर्माण कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र जनतालाई प्रभावकारी सेवा दिनसमेत निर्देशन दिएको थियो ।

अख्तियारको निर्देशनलाई पालना गर्ने प्रतिबद्धता जनाएकामध्ये केही सचिव तथा महानिर्देशक कार्यालयमा आएर उल्टै भ्रष्टाचारमा लिप्त हुन थालेपछि अख्तियार गम्भीर बनेको छ । आफ्नो निर्देशन पालना नभएपछि अख्तियारले ती मन्त्रालय र मन्त्रालयका सचिवलाई पत्र लेखेर ध्यानाकृष्ट गर्ने तयारी गरेको छ ।

अख्तियारले मन्त्रालय र मातहतका निकायविरुद्ध उजुरी आउन नदिनेगरी काम गर्न निर्देशन दिए पनि अख्तियारमा उजुरी आउने क्रम भने घटेको छैन । उता कतिपय सचिव तथा महानिर्देशक मन्त्रीसँग मिलिमतो गरी कुस्त रकम आर्जन गर्ने धन्दामा सहभागी हुन थालेको भन्दै अख्तियारमा मौखिक उजुरीसमेत जान थालेको बताइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077