Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालय ३ सय दिनदेखि बन्धक, कुलपति रहेका प्रधानमन्त्रीलाई छैन वास्ता

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा विश्वविद्यालयका कुलपति हुन् । उनीनिकटको विद्यार्थी भ्रातृ संगठन नेविसंघले भने महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ तर उनी भने मौनता साँधेर बसिरहेका छन् ।

नेविसंघसहित विभिन्न संघसंगठनले लगाएको तालाबन्दी जोड्ने हो भने विश्वविद्यालयमा ३ सय दिन तालाबन्दी भइसकेको छ । तालाबन्दी कहिले खुल्ने भन्ने अझै ठेगान छैन ।

मुख्य गरेर नेविसंघले भ्रष्टाचार, अनियमितताजस्ता मुद्दा उठाएर लामो समयदेखि त्रिविलाई बन्धक बनाएर प्रशासनिकलगायतका काममा अवरोध गर्दै आए पनि कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा र सहकुलपतिसमेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलले समस्या हल गर्न तत्परता देखाएको पाइएको छैन ।

विश्वविद्यालयमा ३ सय दिनसम्म तालाबन्दी हुँदासमेत कुलपति तथा सहकुलपतिको ध्यान नपुग्नु र समस्या समाधानका लागि आवश्यक पहल नगरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीको आलोचनासमेत हुन थालेको छ ।

नेविसंघले आफ्ना माग सम्बोधनका लागि फरक तरिकाले संघर्षका कार्यक्रम गरेर जाने विकल्प हुँदाहुँदै प्रशासनिकलगायतका काम ठप्प हुनेगरी तालाबन्दी गर्दै आइरहेको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077