Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ । हाल देशैभरी आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो २ घण्टामा कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण मोहना मालाखेतीमा जलसतह सतर्कता तहसम्म पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनका साथै होचा ठाउँमा डुबान हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। महाशाखाले बिहान ८ बजेसम्म त्यस आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेकोछ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077