Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनाले ४० किलोमिटर लिगलिग म्याराथन गर्ने

गोरखा । लिगलिगकोट–गोरखा दरबार म्याराथन दौड हुने भएको छ ।

नेपाली सेनाले गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाको आयोजनामा भदौ २५ गते ४० किलोमिटर म्याराथन गर्ने भएको हो ।

सेनाले लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन दौड प्रतियोगितमा सहभागी हुनका लागि क्यूआर कोडमार्फत प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क तिरेर सहभागी हुन सकिने जनाएको छ ।

दौड २५ गते बिहान ६ बजेदेखि शुरू हुने र लिलिगकोट–आँपपिपल भञ्ज्याङ्ग–चित्रेपोखरी–छोप्राकचारकोटे–छेवेटार–पस्लाङ्ग–ठूलो आँगन हुँदै गोरखा दरबार आएर टुंगिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077