Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रतिगमनकारीले पश्चाताप नगर्दासम्म वाम तालमेल हुँदैन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीले पश्चाताप नगर्दासम्म वामपन्थी तालमेलको सम्भावना नरहेको बताएका छन् ।

माओवादी केन्द्रको उपत्यका विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

मंसिरमा हुने चुनावमा अहिलेकै सत्ता गठबन्धन कायम रहने उनले बताए । ओलीको नाम नलिई प्रतिगमनकारीले पश्चाताप नगर्दासम्म वाम तालमेल नहुने प्रचण्डको भनाई छ ।

कांग्रेसले सम्मानजनक व्यवहार नदेखाए वामपन्थी गठबन्धन बन्ने चेतावनी प्रचण्डले आइतवार दिएका थिए। प्रचण्डले वाम तालमेल मात्र नभई पार्टी नै एकता गरेर परीक्षण भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077