Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह आचार्य र जलस्रोत तथा उर्जा मन्त्री रातो कामीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

केही बेरअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका थिए।

माओवादी केन्द्रको साउन २६ गतेको बैठकले विष्ट र सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो। पार्टी र दलको निर्देशन अनुसार विष्ट र सिंहले राजीनामा दिएका थिए। विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त भएका थिए भने सिंह माघ २३ गते मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077