Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नागरिकताका विषयमा राष्ट्रपति र कांग्रेस पदाधिकारबीचको छलफल सकियो, एमालेसँग सुरु हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक पारित गर्ने विषय र आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनबारे चासो राखेकी छन् ।

सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीसँग सोमबार राष्ट्रपतिको कार्यलय शीतलनिवासमा छलफलमा उनले यस्तो चासो राखेकी हुन् ।

नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो कांग्रेस पदाधिकारीहरू राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका थिए ।

नागरिकता सम्बन्धी विधेयक केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको थियो र त्यही विधेयक प्रतिनिधिसभाले पारित गरेको प्रधानमन्त्री देउवाले जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीसित भेट गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति ध नराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका थिए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।

उनले साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी एमाले नेताहरुलाई बोलाएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077