Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिक निर्वाचन पद्धतिमा भाग लिन ६८ दलको निवेदन

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन परेको छ ।

आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् ।

लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077