Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकको राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, सुरक्षाकर्मीको गोली लागेर ८ जनाको मृत्यु

एजेन्सी । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनीतीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् ।

हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरूले राष्ट्रपति भवन भित्र रहेको स्वीमिङ पुलमा स्वीमिङ गरेको दृश्य सार्वजनिक भएको छ ।

प्रदर्शन चर्कदैं गएपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी ८ जनाको मृत्यु भएको छ । इराकमा बढ्दै गएको तनावका बीच कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्युका बीच प्रदर्शन रोक्न अपिल गरिएको छ ।

धर्मगुरु अल सदरका समर्थक र इरान समर्थित आम सर्वसाधारणबीच दोहोरो झडप समेत भएको छ । एकले अर्कालाई ढुंगा प्रहार गर्दा दुवै तर्फ कयौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077