Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एक महिनामा १ करोड ३३ लाख रुपैयाँको मह आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट १ करोड ३३ लाख रुपैयाँको मह आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार विदेशबाट ५ लाख ८० हजार किलोग्राम मह भित्रिएको हो ।

आयातकर्ताले विदेशबाट मह ल्याए बापत राज्यलाई ३४ लाख रुपैयाँ बराबरको राजस्व बुझाएको विभागले जनाएको छ । नेपालमा आयात हुने मह सबै भारतबाट आउने गरेको विभागले जनाएको छ ।

यस अवधिमा भारतबाहेक अस्ट्रेलियाबाट १ किलोग्राम मह समेत आएको छ । बाँकी सबै आयात भारतबाट आएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077