Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गौतमबुद्ध विमानस्थलबाट जजीरा एयरले दैनिक उडान सञ्चालन गर्ने

काठमाडौं । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ।

विमानस्थलबाट कुवेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको हो ।

हाल सातामा तीन उडान गरिरहेको जजीराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले जनाएको छ।

कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र युरोपमा उडान सञ्चालन गर्दै आएको छ। जेठ २ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077