Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • चिनी हराएको बारेमा डीआईजी आचार्यले एसपी राठौरसँग मागे जवाफ

    चिनी हराएको बारेमा डीआईजी आचार्यले एसपी राठौरसँग मागे जवाफ

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 912
    SHARES

    धनगढी । भारतबाट अवैध रुपमा भित्र्याएको भन्दै कैलाली प्रहरीले बरामद गरेको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालयबाटै हराएको विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो देखाएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले बरामद गरिएको चिनीको सम्बन्धमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरलाई मौखिक स्पष्टीकरण सोधेका छन् ।



    आचार्यले एसपी राठौरलाई जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् । प्रहरी स्रोतकाअनुसार डीआईजी आचार्यले एसपी राठौरलाई मंगलबार बेलुकी ५ बजेसम्ममा प्रदेश प्रहरी कार्यालयमा आइपुग्न भनेका छन् ।



    उनले मंगलबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकृत समेत पठाएका थिए । भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।

    रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार