Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ९ सय केजी चिनी काण्डमा मुछिए एसपी राठौर, डिआईजी आचार्यले थाले गोप्य अनुसन्धान

    ९ सय केजी चिनी काण्डमा मुछिए एसपी राठौर, डिआईजी आचार्यले थाले गोप्य अनुसन्धान

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 840
    SHARES

    काठमाडौं । बरामद भएको ९०० किलो चिनी प्रहरी कार्यालयबाटै हराएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर विवादमा परेका छन् । भारतबाट अवैध रुपमा भित्र्याइएको भन्दै कैलाली प्रहरीले बरामद गरेको उक्त परिमाणको चिनी प्रहरी कार्यालयबाटै हराएको थियो ।

    भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अटो रिक्सामा लोड गरेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो ।



    रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभेटिएपछि एसपी राठौर विवादमा तानिएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय परिसरबाटै चिनी हराएको जानकारी पाए लगत्तैसुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी) मोहनकुमार आचार्यले मातहतलाई स्पष्टिकरण सोधिसकेका छन् ।

    डिआईजी आचार्यले कैलालीका एसपी राठौरलाई मौखिक स्पष्टीकरण सोधेका हुन् भने जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिएको स्रोतले जनाएको छ ।

    डिआईजी आचार्यले आज प्रदेश कार्यालयबाट प्रहरी पठाएर चिनी बेपत्ता पारिएको विषयमा भित्रभित्रै अनुसन्धान थालिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार