Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसएसपीहरुको सरुवा : काठमाडौंमा खत्री, अपराध अनुसन्धानमा राठौर

    एसएसपीहरुको सरुवा : काठमाडौंमा खत्री, अपराध अनुसन्धानमा राठौर

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँचजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीको सरुवा भएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् ।

    प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ ।



    सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ भने काठमाडौंको प्रमुख रहेका एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ।



    त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । अपराध अनुसन्धान कार्यालय प्रमुख रहेका एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ।

    काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएका एसएसपी खत्री एसपी हुँदा जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। डीएसपी हुँदा नगर प्रहरी कार्यालय काठमाडौंको नेतृत्व गरेका उनी धेरैपटक आईजीपी सचिवालयमा रहेर कार्यसम्पादन गरिसकेका छन्। रौतहटको प्रहरी प्रमुख हुँदा जिउँदो मान्छेलाई इटाभट्टामा जलाएर मार्ने काङ्ग्रेस नेता मोहम्मद अफताव आलमलाई पक्राउ गरेर मुद्दा चलाएका थिए।आलम अहिले जेलमा छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा सरुवा भएका एसएसपी राठौरलाई प्रहरी निरीक्षक देखि एसएसपीसम्म पटक–पटक गरि सोही कार्यालयमा काम गर्ने अवसर जुरेको छ । एसएसपी राठौर डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, प्रहरी बृत लैनचौर (सोह्रखुट्टे) र एसपी हुँदा पर्सा, मकवानपुर र कैलालीको सफल कमान्ड गरिसकेका छन्।

    त्यस्तै एसएसपी सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार